सिमा सम्बन्धी कुनै वार्ता नै भएको छैन भारत सँग ,सबै कुरा ठप्प,आखिर किन वार्त गर्न चाहदैन भारत?हेर्नुहोस।

पत्रपत्रिका

का’ठमाडौं, २७ असाेज । नेपाल र भा’रतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)को बैठक नबसेको हो। नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले दुईपटक भार’तलाई प्रस्ता’व गरेको छ।

परराष्ट्र मन्त्राल’यकी प्रव’क्ता सेवा लम्सा’ल नेपा’लले बैठकको मिति तोकेर प्रस्ताव पठाए पनि भार’तका तर्फबाट कुनै प्रति’क्रिया नआएको जान’कारी दिइन्।

सेप्टेम्बरमा बैठकको मिति तोकेर नेपाल’ले प्रस्ताव प’ठाएको थियो। ‘यसअघि हा’मीले प्रस्ताव प’ठाएको थियौं तर बैठक गर्न सकेनौं’, प्रवक्ता नेपालले भनिन्। उनले पछिल्लोे प्रस्ता’वको प्रतिक्रिया छिट्टै आउने आशा व्यक्त गरिन्।

विगतमा अगस्ट अन्ति’म र सेप्टेम्बर पहिलो साता बी’डब्लूजीको बैठक हुने गरेको थियो। एक वर्ष नेपाल र अर्को पटक भारतमा बैठक सञ्चालन हुँदै आएको छ।

गत वर्ष अगस्ट अन्तिम साता (२८–३०) भारतको उत्तराखण्डको राजधानी देहरादुनमा बैठक बसेको थियो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *