चाडबाडको समयमा संवे`दनशील नभए पुन: लकडाउन गर्न बा`ध्य हुनेछौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

ताजा खबर

काठमाडौं। सरकारले कोरोना सं`क्रमण नियन्त्रणका लागि पुनः लक डाउन हुन सक्ने तर्फ सबैलाई सचेत गराएको छ। सरकारले अपनाउन आ`ग्रह गरेको स्वास्थ्य सुरक्षाका मापद`ण्ड नागरिक स्तरबाट अवज्ञा भए पुनः लक डाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो।

नागरिकको जीवनर`क्षा सरकारको स`र्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्र`वक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए। अहिलेको अवस्थामा लक डाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनसील नभए लक डाउन गर्न सरकार बा`ध्य हुने बताए।

चाडबाडको समयमा नागरिक सचेत भए लक डाउन गर्ने अवस्था नआउने उनले बताए। लक डाउन गर्ने÷नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागकिले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने उनले बताए।उनले संक्रमणको ज`टिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपिल गरे। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले संक्र`मणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे।

दशै, तिहार र छठजस्ता चाडपर्वहरुमा भिडभाड हुने र संक्र`मण झन बढ्ने ख`तरा हुनेतर्फ पनि सबैले ध्यान दिन ज्ञवालीले आग्रह गरे। काठमाडौंमा संक्र`मणको दर बढिरहेको सन्दर्भमा उनले बाँकेको नरैनापुर, उदयपुर र वीरगञ्ज लगायतका क्षेत्रमा संक्र`मण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले खेलेको भुमिकालाई आ`त्मसाथ गर्दै अगाडी बढ्नुपर्ने बताए। खबर पत्रीका बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *