प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तार र हेरफेरप्रति नेकपा अध्यक्ष दाहाल अस`न्तुष्ट !

राजनीतिक

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको मन्त्रिपरिषद्को वि`स्तार र हेरफेरप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अस`न्तुष्ट बन्नु भएको बताइएको छ ।

बुधबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा तीन नयाँ अनु`हारलाई प्र`वेश गराउँदै एक जनाको जि`म्मेवारी हेरफेर गर्नु भएपछि अध्यक्ष दाहाल अस`न्तुष्ट बन्नु भएको उहाँ नि`कट श्रोतले न्यूज २४ लाई बतायो ।

‘अध्यक्ष आश्चर्यमा पर्नु भएको छ, आज दिउँसो भएको भेटमा पनि मन्त्रिपरिषद् हेरफेर र वि`स्तारमा कुनै कुरासम्म भएको थिएन तर अक`स्मात सुन्नु पर्दा उहाँ अचम्ममा पर्नु भयो’ अध्यक्ष दाहालको सचिवालयका एक सदस्यले न्यूज २४ लाई बतायो ।

अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई दिनु र उपप्रधा`नन्त्री ईश्वर पोखरेलको हातबाट र`क्षा खोसिएका खबर सञ्चार मा`ध्यमबाट नै अध्यक्ष दाहालले थाहा पाएको पनि ती सद`स्यको दा`वी छ ।

मन्त्रिपरिषद्मा पूरै नयाँ अनुहार लैजाने या कामको मूल्यां`कनको आधारमा पुर्नग`ठन गर्ने भन्ने विषय सचिवालय बैठकले गर्ने सहमति अध्यक्षद्वय ओली र दाहालबीच भएको पनि तीन स`दस्यले बताए ।

आज नियुक्ति पाएका तीन नयाँ अनुहार प्रधानमन्त्री ओलीको वि`श्वासपात्र र नि`कट मानिन्छन् ।

अर्थमन्त्री पौडेल, शहरी वि`कास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जि`म्मेवारी अध्यक्ष दाहाललाई संविधानसभाको दोस्रो निर्वा`चनमा सर्लाहीको तत्का`लीन ५ नम्बर क्षेत्रबाट परा`जित गर्ने लीलानाथ श्रेष्ठलाई दिइएको छ ।

त्यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जि,म्मेवारी दिइएपछि अध्यक्ष दाहाल अस,न्तुष्ट बन्नु भएको पनि ती सदस्यले न्यूज २४ लाई बताए ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको यो क,दमवि`रुद्व तत्का`ल पार्टीका अन्य नेतासंग छलफल थाल्नु भएको पनि ती सदस्यको भनाइ छ । न्युज२४ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *