प्रहरी बन्ने हो ? पाँच हजार भन्दा धेरै जवान भर्ना गरिँदै, यहाँ दिनुहोस् निवेदन

मुख्य समाचार

काठमाडौँ । नेपाल प्रहरीमा जागिर खान चाहनेहरुका लागि अवसर खुलेको छ । नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । त्यसका लागि दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।प्रहरी प्रधान कार्यालयले खुलातर्फ दुई हजार आठ सय १७ कोटा तोकेको छ भने अरू समावेशीतर्फ छ।

आदिवासी जनजातिका लागि सात सय ३७ र महिलातर्फ चार सय ४१ जनाको कोटा निर्धारण गरिएको छ ।७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कक्षा आठ वा सो सरह पास गरेकोले फाराम भर्न पाउने छन्। ताजा खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *