जनता म`रे म,रून् भन्ने अवस्थामा सरकार पुगेको छ: देउवा

ताजा खबर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना निय`न्त्रण तथा रोकथाममा सरकारले हेलच`क्राइँ गरेको बताएका छन्। गरिब जनतालाई नि:शुल्क पिसिआरसमेत नगरेर सरकारले जनताको जीवनमा खेलवाड गरेको आ`रोप देउवाको छ।

पछिल्लो समय काठमाडौंमै कोरोना भयावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको देउवाले बताए। अक्सिजनसहित व्यवस्था भएको कम्तिमा एक हजार बेडका आइसोलेसन काठमाडौं र सातै प्रदेशमा तयार राख्नुपर्नेमा सरकारले कामै नगरेको देउवाको आ`रोप छ

अक्सिजनसहित व्यवस्था गरी आइसोलेसन तयार गर्ने काम सरकारको हो। तर सरकारले काम नै गरेको छैन,’ सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा पार्टीले बनाएको कोरोना अनुगमन समितिको प्रतिवेदन बुझेपछि शुक्रबार देउवाले भने, ‘काठमाडौंमा धेरै आइसोलेसन बनाउनुपर्छ। स्थिति भया`वह भइसकेको छ। आइसोलेसन बेडको हा`हाका´र भइरहेको छ।’

सरकारले आवश्यकताअनुसार भेन्टिलेटर पनि व्यवस्थापन गर्न नसकेको सभापति देउवाले बताए। ‘तुरून्तै सरकारले भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार गरोस्,’ उनले भने, ‘यदी सरकारले यी काम गरेन भने हामी वि`रोध गर्छौं।’

कोरोना रोकथाम तथा नियन्त्रणमा जति ख`र्च भए पनि कांग्रेसले निश`र्त सहयोग गर्ने बताए पनि सरकारले जनताका पक्षमा काम नगरेको देउवाले बताए। ‘सरकारले जनताको कुनै वा`स्ता नै गरेको छैन। म`रे म`रून् भन्ने अवस्थामा पुगेको छ,’ देउवाले भने, ‘सरकारले यस्ता म`हामारीमा सबैभन्दा धेरै काम गर्नुपर्ने हो। तर सरकारले जनताको मत`लव नै गरेन।’

सरकारले कोरोना नियन्त्रण र भ`ष्टाचार रोक्ने कद`म नचाले दसैंलगत्तै आन्दो`लनमा उत्रने पनि देउवाले चेता`वनी दिएका छन्। ‘सेनिटाइजरदेखि मास्कसम्म भ्र`ष्टाचार भएको छ। यति भ्र`ष्टाचार त अहिलेसम्म सुनेकै थिएन,’ देउवाले भने, ‘को`रोनाका नाममा धेरै भ्र`ष्टाचार भइरहेको छ। महामा`रीका बेला आ`न्दोल`न नगर्ने कि भनेको जनताका पक्षमा सरकारले काम गरेन।’

उनले संसद बैठक डाक्न पनि पार्टीले माग गर्ने बताए।

‘यो गैरजिम्मेवार र संवे`दनशील`हीन सरकार हो। मान्छेको जीवनमा हेलच`क्राइँ गरेको छ। मानिसको जीवन बचाउन हरसं`भव प्र`यास गर्नुपर्नेमा त्यसो भएन,’ उनले भने, ‘संसदमा अब हं`गामा गर्नुपर्छ। दसैंलगत्तै आ`न्दोलन गर्नुपर्छ।’ सरकारलाई जनताका पक्षमा काम गर्न बा`ध्य बनाइछाड्ने देउवाले बताए। सेतोपाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *