यस पटकको दसैंमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका नलगाइदिने

ताजा समाचार

काठमाडौं, ३० असोज । को`रोना भाइ`रसका कारण हरेक वर्ष विशिष्ठ व्यक्तिले सर्वसाधारणलाई लगाइदिदै आएको टीकाको कार्यक्रम स्थगित गरेका छन् ।

सरकारले आम नागरिकलाई नै स्वास्थ्य सुरक्षा मापद`ण्ड अप`नाएर दसैं मनाउन र टीका ग्र`हण गर्न भनिरहेकाले विशिष्ठ व्यक्तिले मापद`ण्डको पालना गर्दै सर्वसाधारणलाई लगाइदिने टीकाको कार्यक्रम स्थगित गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत वि`शिष्ट व्यक्तिले सर्वसाधारणलाई दसैंमा टीका लगाइदिने कार्यक्रम रोकिएको छ ।

यस्तै, चाडपर्व ल,क्षित गर्दै विभिन्न राजनीतिक दलले गर्दै आएको चियापान कार्यक्रम पनि यस वर्ष स्थगित भएको छ । हालसम्म उपराष्ट्रपति नन्दबहादुर पुनले दसैंको अव,सरमा आयो`जना हुने चियापान र टीका कार्यक्रम स्थगित गरेको सचिवालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको समेत टीकाको कार्यक्रम स्थगित भएको छ । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरेका छन् ।

सर्वसाधारण मात्र नभई आफ्ना कर्मचा`रीलाई समेत टीकालगाइदिने कार्यक्रम बन्द भएको जनाइएको छ भने दसैंको टीका मात्र होइन, शक्तिपीठ दर्शन र पूजापाठलगायत सबै कार्यक्रम स्थगित भएको छ । न्युज२४ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *