‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाएका छौं : प्रधानमन्त्री

ताजा समाचार

काठमाडौँ, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा काेही पनि भाेकले नमर्ने बताउनुभएकाे छ । उहाँले गरिबीकै कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बताउनुभएकाे हाे ।

४० औं विश्व खाद्य सुरक्षा दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्ने अभियानलाई सार्थक बनाउन सरकार लागिपरेको दाबी गर्नुभयाे ।

‘नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायि,त्व हो,’ उहाँले शुभकामना सन्देशमा भन्नुभएकाे छ, ‘त्यसका लागि हामीले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा संवैधानिक व्यवस्था गरेका छौँ । उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ समेत जारी गरी हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभूतालाई कानूनी अधिकारको रुपमा स्थापित गरिएको छ ।’

राज्यले लोक कल्या,णकारी दायित्व निर्वाह गर्ने ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने अभियानलाई अघि बढाउँदा त्यसलाई सफल बनाउनु आम नागरिकको दा`यित्व भएको पनि उहाँले बताउनुभएकाे छ ।

‘जनताको खाद्य सुरक्षाको हक स्थापित गर्ने यस प्रयासमाथि अवरोधात्मक प्रचारबाजी भन्दा सहयोगात्मक अभियान अघि बढ्नुपर्दछ भन्ने म ठान्दछु,’ प्रधानमन्त्री ओलीले भन्नुभएकाे छ, ‘हाम्रो दिगो विकास लक्ष्यमा ‘भोकम,रीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्ने र दिगो कृषि प्रणालीको प्रवद्र्धन गर्नेछ ।’

उहाँले ‘जनताको खाद्य सुरक्षाको हक’ स्थापित गर्ने यस प्रयासमाथि अवरोधात्मक प्रचारबाजी भन्दा सह`योगात्मक अभियान अघि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ । ‘भोकम~`रीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्ने र दीगो कृषि प्रणालीको प्रव`र्द्ध गर्ने’ उल्लेख गर्दै उहाँले यसबाट निर्देशित रही कृषि विकास रण`नीति, शून्य भो`कमरी चु`नौती एवं बहुक्षेत्रीय पोषण यो`जना दोस्रो लगायत क्षेत्रगत नीति र यो`जनाले खाद्य तथा पो`षण सुरक्षा हासिल गर्न उपयुक्त रणनीति र का`र्यनीतिको प्र`भावकारी कार्यान्वयन हुँदै आएको समेत बताउनुभयाे ।

शुभकामना सन्देशमा थप भनिएकाे छ, ‘चालु १५औँ योजनाले खाद्य असुर`क्षा तथा पोषणको जो`खिममा रहेका क्षेत्र र समूहको आधारभूत खाद्य उपलब्धताको सुनिश्चितता, कृषि तथा गैरकृषिजन्य उद्यममार्फत् आयआ`र्जनमा सु`धार गरी खाद्य प`हुँचमा वृद्धि र खाद्यव`स्तुको स्व`च्छता अभिवृ`द्धिमार्फत् खाद्य सम्प्र`भूता, दीगो खाद्य तथा पोषण सुरक्षासहितको समाज निर्माण गर्ने सोच लिएको छ । मुलुकलाई समृ`द्ध र जनतालाई सुखी बनाउने सरकारको स`ङ्कल्प जनताको खाद्य सुरक्षाको सफलतासँग जोडिएको छ ।’ न्युज२४ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *