चिनले भन्यो : हुम्लामा नेपाली भुमि मिचेका छैनौं ।

ताजा खबर

काठमाडौं- चीनले नेपालको भूमि नमिचेको र हुम्लासँग सीमा जोडिएको आफ्नै भूभागमा भवन निर्माण गरिएको दा`बी गर्दै नेपाली कांग्रेसलाई प्रो-इण्डियनको संज्ञा दिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्ययन टोली नै पठाएर चीनले सीमा पि`ल्लर नै नेपालतर्फ २ किलोमिटर भित्र सारेर मिचेको दाबी गरिरहेका बेला चिनियाँ अधिकारीहरुले आफूहरुले नेपाली भूमि नमिचेको दाबी गरेको हुन ।

नयाँ निर्माण गरिएको गाउँ बुराङ्ग का`उन्टीको अलिमा रहेको चिनियाँ अधिकारीले दा`बी गरेका छन् ।

सो क्षेत्र चीनको स्वा`यत्त क्षेत्र तिब्बतमा पर्ने बुराङ्ग काउन्टीका अधिकारीले चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग अन्तर्वार्तामा उल्लेख गरेका हुन् ।

बुराङका परराष्ट्र सम्बन्ध निर्देशक बाकीले गएको मे महिनामा भवनहरु निर्माण गर्नुभन्दा पहिला सेनाका अधिकारी, स्थानीय नापी अधिकारी र सर्वेक्षण अधिकारीले वि`स्तृत रुपमा अध्ययन तथा सर्वेक्षण गरेको बताएका छन् ।

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्ससँग बुराङका काउन्टीका विदेशी मामिला निर्देशक बाकीले चीनले सीमाभन्दा एक किलोमिटर उत्तरतर्फ नै भवन निर्माण गरेको बताएका हुन्।

नेपाली पक्षबाट सीमा यकिनमा केही कम`जोरी भएको हुन सक्ने चिनियाँ पक्षको दाबी छ ।

नेपाल सरकारले चीनबाट भूमि नमिचिएको बताए पनि हुम्लाका स्थानीय बासिन्दाले चीनले भवन बनाएको क्षेत्र नेपालकै रहेको बताउँदै आएका छन् ।

परराष्ट्रमन्त्रालयले चीनले सीमा नमिचेको जनाएपछि सरकारले हतारमा बोलेको भन्दै प्रमु`ख प्रतिपक्षी कांग्रेसले यसको अध्ययन गर्न आफ्नै टोली पनि पठाएको थियो।

पूर्वमन्त्री तथा कांग्रेस नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले स्थलगत अध्ययनपछि चीनले २ किलोमिटरसम्म भित्र छिरेर नेपाली भूमिमा भवन बनाएको प्रतिवे`दन दिएको थियो।

कांग्रेस प्रो-इन्डियन

नेपाली भूमि मिचिएको भन्ने विषयमा चीनले नेपालको प्र`मुख प्रतिप`क्ष नेपाली कांग्रेसलाई प्रो-इण्डियनको संज्ञा दिएको छ।

बाकीसँगको कुराकानीका क्रममा ग्लोबल टाइम्सले नेपालको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई प्रो-इन्डियनको संज्ञा दिएको हो।

‘चीनसँग सीमा वि`वाद भएको भनेर दा`वी गरिरहेको नेपाली कांग्रेस प्रो-इण्डियन दल देखियो’, ग्लोबल टाइम्सले भनेको छ, ‘भारतीय मिडियाले चीनसँगको सीमा वि`वादलाई अनावश्यक उचालिरहेका छन्।’

उसले भारतले मिचेको भूमि फिर्ता गराउने नेपालको अभियानलाई पनि चीनतर्फ जोडेर कम`जोर बनाउन खोजिएको हुन सक्ने पनि उल्लेख गरेको छ। खबर हव बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *