बैंकमा पैसा निकाल्न जाँदै हुनुहुन्छ? सा’वधान, १ मिनेट समय दिएर यो अवस्य पढ्नुहोस ! नत्र…….

जानकारी

काठमाडौँ – दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ । यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै तर यसप्रति विशेष चनाखो हुनुपर्ने देखिएको छ । खिचापोखरीस्थित सनराइज बैङ्कबाट झिकेको एक लाख रुपियाँको बिटोभित्र एउटा नक्कली हजारको नोट

भेटिएपछि,अनावश्यक त`नाव बेहोरेका न्युुरोडका एक ‘क्यारिङ’ व्यवसायी बैङ्कका कर्मचारीको विश्वासमा पर्दा सम`स्या आएको बताउँछन् । बिटोमा बैङ्कको स्टिकर र छाप हानिएकाले शङ्का गर्नुपर्ने अवस्था थिएनन् । कार्यालयमा भएको थप रकम जम्मा पारी नेपाल बङ्गलादेश

बैङ्कमा जम्मा गरेको दुई दिनपछि बैङ्कका कर्मचारीले फोन गरी ‘नक्कली नोट मिसाउने’ भन्दै हप्काएका थिए । बैङ्कका कर्मचारीले नै सक्कली र नक्कली नोट नचिन्दा केही दिनअघि आफू यस्तो सम`स्यामा परेको गुनासो ती व्यापारीले गरे । नियमित आर्थिक कारो`बारका क्रममा विभिन्न बैङ्कबाट

नक्कली नोट फेला पर्ने यो एउटा नमुना घ`टना मात्र होस् नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्ट नोट चिन्ने सजिलो र सरल उपाय रहेको बताउनुहुन्छस् नगद गणना गर्दा नक्कली नोट छामेरै चिन्न सकिन्छ । उनका अनुसार शङ्का लागेमा एक थोपा पानी राख्ने बित्तिकै नक्कली नोट गल्छ। यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *