‘प्र,चण्डले बेग्लै पार्टी चलाएको ओलीको आ,रोप’

ताजा समाचार

काठमाडाैं, २ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आ`रोप लगाएका छन्। बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरूलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आ`रोप लगाएका हुन्।

‘एउटै पार्टीका नेताहरूलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो। सम,स्या हो, सम`स्या छ भने त्यसलाई सम्बो,धन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ। उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाएको पनि आउनुभएन। यसले सन्देश राम्रो जाँदैन,’ प्रधानमन्त्री ओलीको भनाइ उ`द्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने,

‘वि,वाद समा,धानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै भेटघाट गर्दा छुट्टै पार्टी सञ्चालन गरेको आभास भयो। खैर केही छैन, हामी दुवैजना बस्छौं र तपाईंहरूको सम`स्यालाई समा`धान गर्छौं।’ दाहालले बिहीबार र शुक्रबार बेग्लाबेग्लै समूहमा कर्णालीका नेताहरूसँग छलफल गरेका थिए। शनिबार ओलीले कर्णालीका नेताहरूसँग छलफल गर्ने क्रममा दाहाललाई पनि बालुवाटार बोलाएका थिए तर गएनन्।

कर्णाली प्रदेशका इन्चार्ज जनाद्र्धन शर्मा पनि बालुवाटार छलफलमा सहभागी भएनन्। दाहालले ओलीकै सहमतिमा उनीहरूसँग छलफल गरेको बताइए पनि ओली भने अस`न्तुष्ट देखिएको जनाइएको छ। शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित यामलाल कँडेल, गोरखबहादुर

बोगटी, प्रकाश ज्वाला, मायाप्रसाद शर्मा, गुलाबजंग शाह, चन्द्रबहादुर शाहीलगायत नेताले प्रधानमन्त्री ओलीसँग छलफल गरे। छलफलमा ओलीले प्रदेश सरकार भनेको संघीय सरकारको प्रशा`सनिक एकाइ भएकाले मन्त्रिपरिषद् पुनर्ग`ठन गर्दा पनि संघीय प्रधानमन्त्रीसँग छलफल गरेर मात्रै गर्नुपर्ने बताएका थिए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *