एकल पुरूषलाई गाउँपालिकाले दियो मासिक पाँच सय भत्ता,,,,पढ्नुहोस।

अर्थ/बाणिज्य

ज्येष्ठ नागरिक, विधवा महिला, अस`हाय बालबालिका, द`लित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ। तर, एकल पुरुषले पनि भ`त्ता खाएको भने नसुनेको हुनसक्छ।

दार्चुलाको अपि`हिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ। गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले मासिक भ`त्ता दिन थालेको हो।

एकल महिलाजस्तै एकल पुरुष पनि सम`स्यामा पर्ने गरेका कारण भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्या`लले बताए। उनीहरुको आर्थिक अवस्थामा थोरै रा`हत पुगोस् भन्नका लागि भत्ता दिन थालिएको हो।

गाउँपालिकाभरिका २८ एकल पुरुषले गत आर्थिक वर्षदेखि निर`न्तर एकल पुरुष भ`त्ता खान थालेका छन्।अपिहिमाल गाउँपालिकाका अनुसार वडा नं १ का दुई, वडा नं २ का तीन, वडा नं ३ का नौ, वडा नं ४ का तीन, वडा नं ५ का पाँच र वडा नं ६ का छ जना एकल पुरुषले भ`त्ता पाइरहेका छन्।

गाउँपालिकाले भत्ता दिन थालेपछि एकल पुरुष पनि खुशी छन्। अपिहिमाल गाउँपालिका–४ का कर`वीरसिंह ठेकरेले भने, “गाउँपालिकाले मासिक रु ५०० भत्ता दिएपछि साबुन, नुन, तेल किन्न सह`ज भएको छ। अझै यो रकम थप गरिदिए हामी एकल पुरुषलाई पनि सह`ज हुनेछ।”

गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि वृद्धाश्र`म गत वर्ष नै निर्मा`ण गरेको छ। यस्तै गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर सु`त्केरी हुने महिलालाई गाउँपालिकाको तर्फबाट रु एक हजार प्रोत्सा`हन भ`त्ता उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्र`मुख राजेन्द्रसिंह धा`मीले बताए। प्रोत्सा`हन रकम पाउने भएपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन थालेका छन्। सेतोपाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *