खरेल भन्छन्-बाबुरामले ९ अर्ब भ्र´ष्टाचारको प्रमाण पेश गर्न नसके उनको राजनीति सकिन्छ

ताजा खबर

खरेल भन्छन्-बाबुरामले ९ अर्ब भ्र´ष्टाचारको प्रमाण पेश गर्न नसके उनको राजनीति सकिन्छ

खरेल भन्छन्-बाबुरामले ९ अर्ब भ्र´ष्टाचारको प्रमाण पेश गर्न नसके उनको रा´जनीति सकिन्छ
काठमाडौं। जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर बूढीगण्डकी जलवि´द्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्र´ष्टाचार गरेको अभिव्यक्ति दिएपछि सबैतिर त´रंग छाएको छ।

डा. बाबुरामको अभिव्यक्तिमा कांग्रेसले प्रमाणको दा´बा पुष्टि गर्न चु´नौति सहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अ´ख्तियारलाई अपील गरिसकेको छ । यसै सन्दर्भमा हाम्रो नेपाल सुशासन अभियानका संयोजक तथा पूर्व डिआईजी रमेश खरेलले पनि डा. भट्टराईले प्रमाण देखाई दो´षीलाई उभ्याउने साहस गर्न आ´ग्रह गरेका छन्।

डा. भट्टराईले सोमबार पनि पर्सामा आयोजित एक कार्यक्रममा अर्बौंको घोटाला भएको दावी दोहोर्‍याउँदै साे कुराले राजनीतिक दलहरूमा ठूलाे हलचल देखिएकाे बताएका थिए ।

उनले भनेका थिए, ‘भ्र´ष्टाचारबारे मैले बाहिर बोलेपछि प्रमाण देखाउन भन्दैछन् । बुढीगण्डकी, एनसेल, वाइडबडीमा अर्बौंको घो´टाला भएको छ।अधिकार सम्पन्न आयोग गठन गरेर छानबिन होस्, यदि बाबुराम दोषी छ भने का´रबाही भोग्न तयार छ, के तपाईंहरु तयार हुनुहुन्छ ?’ उनले जनताले तिरेको कर लु´ट्न नपाइने पनि बताएका थिए । पोइन्ट नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *