कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो होला सरकारले हैन :- डा.युवराज खतिवडा

ताजा समाचार

काठमाडौं । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’

खतिवडाले थपे, ‘औपचारिक प्रस्ताव पनि थिएन । त्यससम्बन्धि छलफल पनि केही भएको छैन ।’ सामाजिक सञ्जालमा आएका कुरा र केही सञ्चारमाध्यममा आएका कुरामा सत्यता नभएको उनको भनाइ थियो ।कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्त गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब आइरहेको छ । भदौ २९ गते कार्यकाल सकिन लागेका कुलमान घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने दबाब आइरहेको हो ।

मन्त्रिपरिषद्को भदौ ९ गते बैठक बसिरहेको बेला कुलमान घिसिङलाई फेरि जिम्मेवारी दिने निर्णय गरेको भनेर अफवाह फैलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *