काठमाडौँ, ५ कात्तिक । चीनको सहयोगमा निर्माण भएको दरबार हाइस्कुल भवन नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ सरकारको ८५ करोडको लागतमा निर्माण पूरा भएको भवन बुधबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।
चिनियाँ सांघाई कन्सट्रक्सनले निर्माण गरेको राष्ट्रपति भण्डारीले अनावरण गर्नुभएको हो । भवन पुरानै मौलिक शैलीमा बनाइएको छ ।
६ महिनाअघि नै निर्माण सम्पन्न भए पनि कोरोना महामारीका कारण हस्तान्तरणको कार्यक्रम पछाडि सरेको हो । काठमाडौं महानगरपालिका–२७ मा रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा चारतले भवन बनेको छ ।
वि.सं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्ष,तिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको थियो। न्युज२४ बाट