शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्व गर्दै देश बनाउछु – प्रचण्ड

राजनीतिक

काठमाडौँ -: एपीवान एचडी टेलिभिजनको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ मा भूषण दाहालसँगको अन्तर्वार्तामा प्रचण्डले भने,पार्टी विवादबारे दुबै अध्यक्षबीच नयाँ समझदारीमा जानुपर्छ भनेर सहमति भएको छ ´। कार्यदलले काम गरिरहेको छ । नयाँ निष्कर्षसहित अघि बढ्ने वातावरण बन्छ ।उनले अहिले पार्टीभित्र ठूलो चुनौति देखिएको भए पनि चुनौतीभित्रै सम्भावना र अवसर पनि रहेको बताए

उनले भने, जारी स्थायी कमिटीको बैठकमा सीमा समस्या, सरकार र पार्टी कामको समिक्षा, जनताका दैनिक समस्या, एमसीसी लगायतका एजेण्डा छन्´ । गठन गरिएको कार्यदलले यी विषयमा व्यवस्थित सुझाव ल्याउँछ । त्यही अनुसार सचिवालय हुँदै स्थायी कमिटीमा जान्छौं ´।प्रचण्डले देश र जनतालाई केन्द्रविन्दुमा राखेर समाधान निकालिने बताए´ । उनले मन्त्रिपरिषद्, प्रदेश सरकार, संवैधानिक नियुक्ति लगायतका विषयमा सचिवालयका समझदारी गरेर मात्रै निर्णय हुने दाबी गरे ।

पदको ल डाइँ हैन- उनले अहिले नेकपाभित्र देखिएको विवाद पदका लागि नभएको स्पष्ट पारे । उनले त्यसबारे थप स्पष्ट पार्दै भने,अहिलेको विवाद पदका हैन, हिजो पनि थिएन । एकता वा गठबन्धन गर्दा पनि पदका लागि त्यो गरिएको थिएन ।´ पदका लागि भएको भए पार्टी एकता नै हुँदैनथ्यो । देशका लागि एकता आवश्यकता भनेर एकिकरण गरेका हौं । विचार, सिद्धान्त, राजनीतिक विचारको मात्रै ल डाइँ हो ।प्रचण्डले आफ्नो देश र जनताका लागि जस्तो प्रतिकुल अवस्थालाई पनि अनुकुलतामा बदल्दै आएको बताउँदै अहिले आफू कुनै पनि पद वा स्थानका लागि नलागेको बताए´ । परिवर्तनका लागि नयाँ परिस्थिति निर्माण गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले आफ्नो लागि धेरै नसोँचेको बताए ´।

‘सन्तुष्टि विकासको वाधक, असन्तुष्टि विकासको कारक- प्रचण्डले सन्तुष्टि विकासको वाधक रहेको र असन्तुष्टि विकासको कारक रहेको बताए `। त्यसबारे उनले थपे, ‘विज्ञानले के भन्छ भने सन्तुष्टि विकासको वाधक हो असन्तुष्टि विकासको कारक हो । अहिले जे भइरहेको छ । त्यसमा सन्तुष्ट छैनौं । सन्तुष्ट छैनौं भन्नुको तात्पर्य अझैं अगाडि जाने र राम्रो गर्ने उद्देश्यका लागि हो ।

आर्थिक विकासको नयाँ अभियान सुत्रपात गर्ने अभियानमा – आफ्नो लागि धेरै सोचेको छैन । देश र जनताका लागि के कतिबेला गर्दा ठिक हुन्छ भन्नेतिरबाट हेर्ने गरेको छु । जनयु द्द, शान्ति सम्झौता, संविधान निर्माणदेखि फेरि देशमा अस्थिरता आउने हो कि भन्ने चिन्ताले सबैभन्दा बढी चिन्ता मलाई नै लागेको थियो´ ।

मुख्य कम्युनिष्ट पार्टी एक ठाउँमा हुनुपर्छ भन्नेमा जोड दिएर पार्टी एकता गरेँ । शक्ति शाली कम्युनिष्ट पार्टी निर्माण र नेतृत्व गर्न पाएकोमा गर्भ छ´ ।उनले पार्टी एकीकरण गर्दै देशलाई दुईतिहाई सरकार दिन पाएकोमा गर्व महसुस हुने गरेको सुनाए । शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने र देशमा आर्थिक विकासको नयाँ अभियानको सुत्रपात गर्ने अभियानमा आफू लागेको प्रचण्डले बताए´ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *