सांसदमात्रै होइन कर्मचारीहरूले पनि दसैं भत्ता को,रोना कोषमा राख्नुपर्छ : भट्टराई

ताजा समाचार

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको विषयमा सांसदहरूको आलो¥चना भइरहेको बेला भट्टराईको उक्त अभिव्यक्ति आएको हो ।

सोमबार ट्विटरमा भट्टराईले पर्वमुखी भत्ता प्रणालीलाई खा`रेज गर्नुपर्ने पनि बताएका छन् । भट्टराईले लेखेका छन्, ‘मिडियाले कुरीकुरी गरेपछि लोकरिझ्याँइका लागि एक्लाएक्लै दसैं भ`त्ता नलिने घो,षणा गर्नु सट्टा नेता/सांसदहरूले सरकारलाई धर्मनिरपेक्ष देशमा यस्ता पर्वमुखी भत्ता प्रणालीलाई नै खारेज गर्न दबा,ब दिनुपर्ने हैन र ?’

कर्मचारीले पनि दसैं भत्ताको नाममा ठूलो रकम लिने भएकाले त्यो पनि फिर्ता गर्नुपर्ने भट्टराईको भनाइ छ । त्यस्तो रकम कोरोना पी`डितको उपचारमा लगाउनुपर्ने भन्दै उनले लेखेका छन्, ‘सांसद मात्र हैन कर्मचारीले समेत एकमुष्ट १५ अर्ब रुपैयाँ को`रोना पीडि`तमा लगाए पो अर्थ होला ।’

सांसदहरूले दसैं भत्ताबापत प्राप्त गरेको करिब २ करोड रुपैयाँ कोरोना कोषमा राख्ने निर्णय गरेका छन् । सार्वजनिक रूपमा आलो`चना भएपछि प्रमुख राजनीतिक पार्टीहरूले संसदीय दलमार्फत् निर्णय गरेर सांसदले दसैं भत्ताबापत प्राप्त गरेको रकम को`रोना कोषमा जम्मा गर्ने नि`र्णय लिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रीहरूले पनि दसैं भत्ता कोरो`ना कोषमा राख्ने निर्णय लिएका छन् । source: kantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *