राज्य अभिभावक बिहिन भयो , जनताले उन्मुक्ति चाहिरहेका छन्: पूर्वराजा ज्ञानेन्द्र शाह

ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टु`हुरा’ बनेको पी`डाबोध भइरहेको बताएका छन्। बडादसैंको शुभकामना सन्देश जारी गर्दै बिहीबार पूर्वराजा शाहले यस्तो बताएका हुन्।

शाहले भनेका छन्, ‘सं`कटको घडीमा अभिभावकको क्ष`मता र है`सियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकवि`हीन टुहु`रा बनेको पी`डाबो`ध यतिबेला हुँदैछ।’

शाहले प्राकृतिक वि`पत्ति मानव व`शको कुरा नभएको हामी सबैले बुझेका छौं भन्दै विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौ`शल जिम्मेवार पक्षबाट प्र`स्तुत नभएको बताएका छन्।

आम जनताको दैनिक जीवन अत्यन्त क`ष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ,’ विज्ञप्तिमा छ।

शाहले विदेशमा गएर रोज`गारीमा लागेकाहरू संकटमा छन् भन्दै देशभित्र उनीहरूको श्र`म,सीप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको बताएका छन्। ‘त्यसैले, देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मा`र्मिक अवस्था देखिन्छ,’ विज्ञ`प्तिमा भनिएको छ।

पूर्वराजा शाहले राहत, रोजगार र रो`गको उपचार खोज्दै भौंतारिका जनसमूहलाई भरपर्दो आ`ड आधारको आवश्यकता मह`शुस गराउन नसकिएको उल्लेख गरेका छन्। उनले दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अ`भाव र गुण`स्तरीयतामा ह्रा`सजस्ता विषयले जनजीवन पि`रोलिएको बताएका छन्।

‘समाजमा अनेक आप`राधिक गतिविधि र पिसाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तना`वको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आ`शुरी र भष्मासुरी प्र`वृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्,’ उनले अहिलेको परिस्थितिमाथि क`टाक्ष गरेका छन्।

शाहले ‘नेपाललाई चिनौं, नेपालीलाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं’ भन्दै नेपालकै हितका खा`तिर र नेपाली शैली अं`गालेर उज्यालो बाटोतिर लैजाऔं भनेर आ`ग्रह गर्दै आएको बताएका छन्। सेतो पाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *