को`रोना संक्र`मणबाट झापामा थप ३ को मृ`त्यु,,,,पुरा पढ्नुहोस।

मुख्य समाचार

कोरोना भाइरसको सङ्`क्रमणबाट आज बिहान झापामा थप तीन जनाको मृ`त्यु भएको छ । यसरी मृ`त्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक–एकजना पुरुष रहेका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृ`त्यु भएको हो ।

शनिवार मात्रै उपचारका लागि नोबेल पु¥याइएका ती व्यक्तिको को`रोना परीक्षणको रिपोर्ट शनिबार नै सङ्`क्रमण पुष्टि आएको थियो । योसँगै दमकमा को`रोना सङ्`क्रमणबाट मृ`त्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय एक वृद्धको घरमै आज बिहान मृ`त्यु भएको छ । मिर्गौलाका बि`रामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा सङ्`क्रमण पुष्टि भएको थियो । केही दिनयता उनी होम आइसोलेसनमा बसेका थिए । योसँगै कमलमा को`रोना सङ्`क्रमणबाट मृ`त्यु हुनेको सङ्ख्या तीन पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय पुरुषको पनि गए राति घरैमा मृ`त्यु भएको छ । कात्तिक १३ गते सङ्`क्रमण पुष्टि भएका उनी होम आइसोलेशनमा बस्दै आएका थिए । योसँगै गौरादहमा को`रोनाबाट मृ`त्यु हुनेको सङ्ख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए । शनिबार पनि झापामा तीन जनाको मृ`त्यु भएको थियो । योसँगै जिल्लामा को`रोना स`ङ्क्रमणबाट मृ`त्यु हुनेको सङ्ख्या ४३ पुगेको छ । रातोपाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *