कांग्रेस शीर्ष नेताको बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा,,,,हेर्नुहोस् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष तहका नेताको बैठक डाकेका छन् । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सरकारवि`रुद्द सडक प्रदर्शन, संसदको विशेष अधिवे`शन माग र पार्टीभित्रको विवा`दमा समा`धान लगायतका विषयमा छलफल हुने बताइएको छ।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज १२ मा बुझाएको वि`रोधपत्रका सन्दर्भमा छलफल हुने जनाइएको छ। पौडेल पक्षले विभाग, क्रियाशील सदस्यता वितरण, मनोनित केन्द्रीय सदस्य, भ्रातृ संस्थाको पदावधि लगायतका विषयमा आपत्ति जनाउँदै आएको छ। सभापति देउवाले एकतर्फी गरेका निर्णय खारेज हुनुपर्ने पौडेल पक्षको माग छ। देउवापक्ष पूर्वनिर्णयबाट पछि हट्ने देखिएको छैन।

केन्द्रीय समिति बैठकअघि आफ्ना माग सम्बोधन हुनुपर्ने पौडेल पक्षको भनाइ छ। असोज १२ मा बुझाइएको ज्ञापनपत्रमा सभापतिलाई निर्णय सच्याउन एक साताको समय दिइएको थियो। असोज १७ मा बसेको शीर्ष नेताको बैठकले कुनै समाधान निकाल्न सकेको थिएन। त्यसैदिन ६ केन्द्रीय सदस्यलाई को`रोनाको पुष्टि भएपछि असोज १९ को बैठक रोकिएको थियो। शीर्ष तहका नेताको बैठक पनि अव`रुद्ध भएको थियो।

कार्तिक २१ गते बोलाइएको केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा तय गर्ने गरि समा,धान निकाल्न देउवाले पुनः शीर्ष नेताको बैठक बोलाएका हुन्। पौडेल पक्षले केन्द्रीय समितिको बैठकअघि आफ्ना माग सम्वोधन हुनुपर्ने अडा,न लिएको छ।

सभापति देउवाले बढाएका विभागप्रति पौडेल पक्षको तीव्र अस,न्तुष्टि छ। पौडेल पक्षले अस,न्तुष्टि जनाए पनि देउवाले २० विभागका प्रमुख तथा सदस्य तोकिसकेका छन्। विधानविप,रीत संख्या बढाइएको पौडेल पक्षको भनाइ छ। नव कान्तिपुर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *