काठमाडौँ, २१ कात्तिक । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र प्रधानमन्त्री केपी शर्मा अोलीबीच आज भेटवार्ता हुँदैछ। सेना प्रमुख नरवणे र प्रधानमन्त्री अोलीबीच आज दिउँसो भेटवार्ता हुन लागेको हो। पूर्व निर्धारित कार्यतालिका अनुसार नरावणले प्रधानमन्त्री ओलीसँग भेट्ने भएका हुन् । आज दिउँसो २ बजेको समयमा भेटघाटको कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
नरावणे गत बुधवार नेपाली सेनाको मानार्थ महारथीको उपाधी लिन नेपाल आइपुगेका थिए । बुधवार र बिहीवार उनले भेटघाट, विभिन्न ठाउँको अवलोकन तथा सम्मान ग्रहण गरेका छन् । आज प्रधानमन्त्री ओलीसँगको भेटघाटपछि स्वदेश फर्किनेछन् ।
नेपाल भारतमा एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथिको सम्मान दिने परम्परा लामो समयदेखि चल्दै आइरहेको छ । उनी नेपालमा मानार्थ महारथिको सम्मान लिने १८ औँ व्यक्ति हुन् ।नेपाल भारतको सीमा बिबाद चलिरहेका बेला प्रधानमन्त्री ओली र नरावणेबीचको भेटघाटलाई चासोको रुपमा हेरिएको छ ।