माता पथिभराको दर्शन गरि आज भदौ १४ गते आइतबारको राशिफल यस्तो छ; हेर्नुहोस्

राशिफल

मेष – परिवारभित्रै वा छरछिमे’कमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने दिन हो । मान्यजनको आ’शीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृ’द्धि हुनेछ । धा’र्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइने छ । ठूलाबडाको साथसहयोग पाइने छ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँ’मा निवेशको वातावरण बन्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रिया’कलाप अनुया’यीका ला’गि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धा’र्मिक क्षेत्रका क्रियाक’लापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रेममा सफ’लता प्राप्त हुनेछ । सरकारी जागि’रेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगवि’लाससँग सम्ब’द्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन चुनौती र परीक्षण’का रूपमा देखा परेको छ । वादविवाद, मुद्दामा’मिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्द’व्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको या’त्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्व’तीको बास भएको दिन हो, महत्वपूर्ण ठाउँमा ‘बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसक’हरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमि’त्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले साथ दिनेछन् । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
साथीभाइको जमघट वा भोजभतेरमा सहभा’गी बन्नुपर्ने छ, तर पाचनप्र’णालीमा समस्या दे’खिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइब’हिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आ’फ्नो पकडमा आउने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
राम्रो÷नराम्रो दुबै’खाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषज’नक ढंगले सम्पन्न हुने’छन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाज’सेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यापार’बाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसा’यीले लाभ प्राप्त गर्ने’छन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाट’को समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्य अनु’कूल हुनेछ । मित्र, परिवार र सहयो’गीले साथ दिनेछन् । लाभदायक परि’णाम प्राप्त हुने क्षेत्रमा धन’निवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवा’रिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बन्दव्या’पारमा ‘फाइदा नै देखिन्छ तर रक’मको कारो’बार र लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्त्वा’काङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राजनैतिक र सामा’जिक क्षेत्रबाट फा’इदा लिने काम गर्ने अनु’कूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभा’समारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यवसा’यिक क्षेत्रमा खासै फेरब’दल हुँदैन, मिहिने’त गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूला’बडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *