मलेसियामा ‘ईल्लिगल’ बस्ने नेपालीहरु ठूलो संख्यामा पक्राउ

वैधानिक रुपमा बस्ने विदेशी श्रमिकको समस्या वि,गत लामो समययता खेपिरहेको मलेसिया त्यसरी बस्नेहरु प्रति आक्रा,मक देखिएको छ । पछिल्लो समयमा आफ्नै नागरिकलाई रोजगारीमा प्राथमिकतामा राखेको

मलेसियाले कोरोना भाइरस (कोभिड–१९) को समस्या सुरु भएयता मात्र अवैधानिक रुपमा बस्दै आएका ३१ हजार भन्दा बढीलाई पक्राउ गरी स्वदेश फर्काएको छ ।मलेसियाका रक्षामन्त्री ईस्मेल साब्री याकोबका अनुसार गत नोभेम्वर ५ सम्ममा स्वदेश फर्काइनेहरुको संख्या ३१ हजार २ सय ८२ रहेको छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार यसरी स्वदेश फर्काइएकाहरु मधये ३ सय ९७ जना नेपाली रहेका छन् । स्वदेश फर्काइएकाहरुमा सवैभन्दा ठूलो संख्या ईण्डोनेशियाली नागरिकको रहेको छ । ईण्डोनेशियाका १४ हजार ७२ जना स्वदेश फर्काइएका हुन् ।

यसैगरी बंगलादेशका ४ हजार ५ सय ५१ जना रहेका छन् भनें त्यसपछि म्यानमार, थाईल्याण्ड, भारत, चीन, पाकिस्तान र भियतनामका नागरिक रहेका छन् । कागजातविहिन ति श्रमिकलाई पक्राउ गर्न विभिन्न सुरक्षा निकाय परिचालन भएको मन्त्री याकोबले बताएका छन् । स्रोत देशपरदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *