सभापति बनेँ भने पहिलो काम विधान संशोधन गर्छु : महामन्त्री कोइराला

ताजा समाचार

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आफू सभापति भएपछि पहिलो काम नै पार्टी विधान संशोधन गर्ने बताएका छन् ।रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टी पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्ने गरी बनाइएको विधानमा असहमति जनाएका हुन् ।“म सभापति भएपछि तीनवटा काम गर्नेछु । पहिलो पार्टी एक गर्ने, दोस्रो विधान परिवर्तन गर्ने र तेस्रो महिलालाई पार्टीमा ५० प्रतिशतको व्यवस्था गर्ने,” उनले भने ।

त्यस्तै महामन्त्री कोइरालाले शेरबहादुर देउवाबाट पार्टी सन्चालन नभएको भन्दै अब पार्टीमा परिवर्तन हुनुपर्ने बताए ।“पार्टी सभापतिले संगठन त हाँक्नुपर्यो नि । कोषाध्यक्षको पदमात्र मनोनित हुन्छ । जो सभापति भएपनि पार्टी उसले कसरी चलाउँछ ?” कोइरालाले भने, “पदाधिकारी सबैको निर्वाचन गर्ने कुरा मलाई पटक्कै चित्त बुझेको छैन । ”सभापति भएँ भने मेरो पहिलो काम यो विधानमा परिवर्तन गर्ने भन्दै महामन्त्री र उपसभापति २-२ जना भए एउटा मनोनित र एक निर्वाचित हुने व्यवस्था राख्नुपर्ने उनको भनाइ थियो ।

अहिलेको विधान बनाउँदा नै यो विधानले पार्टी चल्दैन भनेको स्मरण गराउँदै उनले पार्टीलाई बीपी कोइरालाको बेलामाजस्तै प्रेसिडेन्सियल सिस्टममा चल्नुपर्छ भनेर आफूले भनेपनि कसैले नसुनेको उनको गुनासो थियो ।महामन्त्री कोइरालाले सबैलाई मिलाएर आफू सभापतिको उमेदवार बन्ने विशस पनि व्यक्त गरे । त्यस्तै, उनले देशलाई समृद्ध बनाउन कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए ।महामन्त्री कोइरालाले विगतमा पार्टीमा दुःख गरेका, प्रवासमा रहेर संघर्ष गरेकाहरुको आवाजलाई पनि सुनुवाई गर्ने आफ्नो प्रतिवद्धता रहेको बताए ।source.khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *