नेपाली चेली सम्झना यसरी बनिन् दक्षिण कोरियाको प्रहरी अधिकृत, सुनाइन् संघर्षको कथा…पूरा पढ्नुहोस् ।

रोचक

काठमाडौ : रोजगारीको लागि वा अन्य किसिमले दक्षिण कोरि’यामा बसोबास गरिरहेका नेपालीका लागि भन्दै दुई नेपाली युवाले Stories Tellers कार्यक्रम सञ्चालनमा ल्याएका छन् । विराटनगरका राल्फ गिरी र सिन्धुपाल्चोकका अरुण श्रेष्ठ ‘ईपीएस छिङ्गु’ले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरेका हुन् ।

लउनीहरू दुवै दक्षिण कोरियामा रोजगाररत छन् ।कोरियामा गरेको दुःख, सं’घर्ष र सफलतालाई भिडियो मार्फत व्यक्त गर्ने प्ल्या’टफोर्मको रुपमा संचालन गरिरहेको कार्यक्रम Stories Korea नामको युटुब च्यानलमा सार्वजनिक गर्ने गरिएको राल्फ गिरी बताउँछन् ।

हरेक हप्ता उक्त युटुब च्यानलमा एउटा भिडियो अपलोड गरिने गरिएको छ । अहिले सम्म ६ जनाले आफ्नो कथा सुनाई सकेका छन् । र त्यसको प्रतिक्रिया पनि राम्रो आइरहेको गिरी बताउँछन् ।यो कार्यक्रम कोरियामा कार्यरत नेपालीहरुको दुःख सं’घर्षलाई व्यक्त गरी अन्य नेपाली हरुले भोगिरहेको दुःख क’ष्टलाई हल्का गर्नका लागि ल्याईएको ईपीएस छिङ्गुको भनाई छ ।

उनी भन्छन्: आफूलाई मात्र दुःख पी’डा परेको भन्ने मनोविज्ञानलाई चि’र्नको लागि यो कार्यक्रमले स’घाउँछ र डि’प्रेसनमा परेकाहरूलाई पनि यसले बाहिर ल्याउन सहज पु¥र्याउँछ। हौशला र उत्प्रेरणा बढाउँछ भन्ने हेतुले यो कार्यक्रम गरिएको हो । यसले सबैको दुःख बराबरी रहेछ र परदेशमा रहेका नेपालीहरुको दुःख साझा हो भन्ने धारणा को विकास गराउँछ ।

स्टोरी टेलरमा जो सुकैले पनी आफ्नो कथा सुनाउन सक्ने राल्फ गिरी बताउँछन् । मेरो कथाले अरूलाई सका’रात्मक संदेश दिन्छ भन्ने लाग्ने जतिले आफ्नो भो’गाई सुनाउन सक्नेछन् । जसले अरूलाई पनि उत्प्रे’रणा मिलोस् ।कार्यक्रम टिमले अनुरोध गरेको छ । अहिले सम्म व्यक्तिगत खर्च बाटनै कार्यक्रम चलिरहेकोले स्पोन्सर गर्न चाहनेका लागि आह्वान गरिएको छ ।

कार्यक्रमम निर्माणमा एन आर एन कोरियाले उक्त कार्यक्रमलाई चाहिने हलको व्यवस्थापन गरेको छ । त्यस्तै संदेश लिम्बू , विकास राई अ’ज्ञात , विक्रम योञ्जन, आशिष कार्की लगायतको प्राविधिक सहयोग रहेको छ । र यो कार्यक्रम एक सय एपिसोड सम्म पु¥र्याउने योजना रहेको राल्फ गिरी बताउँछन् ।त्यस्तै कोरियामा गरेको सं’घर्ष र सफलताको कथालाई सुनाउने क्रममा दक्षिण कोरियामा प्रहरी अधिकृ’त बनेकी सम्झना राईले पनि आफ्नो कथा सुनाएकी छिन् ।

उनी दक्षिण कोरियाको प्रहरीमा पहिलो नेपाली मूलकी कोरियन महिला भ’र्ती भएकी हुन । भोजपुरमा ज’न्मेर कोरियनसँग विहे गरेकी सम्झना कोरिया प्र’हरीको बाह्र विभागमध्ये अन्तर्राष्ट्रिय मा’मिला विभागमा भ’र्ती भएकी हुन् ।३० वर्षीय राई कोरियन प्रहरीमा जा’गिर खाने पहिलो नेपाली महिलासमेत हुन् ।

सन् २०१० मा नेपाल भ्रमण गएका कोरियन युवासँग प्रेममा परेकी राई त्यसै वर्ष भिजिट भिषामा कोरिया प्रवेश गरेकी थिइन् ।भिजिट भिषामा प्रवेश गरेसँगै वैवाहिक ब’न्धनमा बाँ’धिएकी राईले छल्ना’म्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्र’शासनसम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरेकी हुन् ।सन् २०१५ मा छुसन विश्वविद्यालयमा अध्ययन पुरा गरेकी उनले शारिरिक, स्वास्थ्य र यहाँको प्र’शासनसम्बन्धी परिक्षामा एकपछि अर्को उत्तीर्ण गरेकी हुन् ।

परीक्षामा उत्तीर्ण भएसँगै आफ्नो समाचार कोरियन सञ्चारमाध्यममा आएपछि थाहा पाएकी राईले पुलिस अ’फिसर बन्ने सपना पुरा भएको बताइन् । नेपालमा प्रहरी बन्ने सपना भए पनि उचाईँ, उमेर र झ’न्झटिलो प्रक्रियाका कारण आफू ब’ञ्चित भएको राईले बताइन् ।राईले आफू प्रहरी अधि’कृत भएपछि कोरियामा काम, अध्ययन र व्यावसायमा रहेका नेपालीलाई आइपर्ने का’नूनी ज’टिलतामा आफु सहयोगी हुने बताइन् । भाषाका कारण नेपालीहरु धेरै स’मस्यामा परेका बताएकी राईले नेपाली दाजुभाइ दिदीबहिनीलाई का’नुनी सहयोग गर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *