कोरोना फैलिएको यत्रो समयपछि डब्ल्यूएचओले भन्यो अब लकडाउन नगरौं,,,पढेर आफ्नो बिचार राख्नु होला।

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोविड १९ लाई हराउने उत्तम तरिका भनेको अर्थव्यवस्था खोल्ने भनेको छ । यो एकमात्र तरीका हो । कोरोनाभाइरसको बि`रूद्ध लड्नका लागि जीवन र आजीविका बीचमा अन्य विकल्प छैन डब्ल्यूएचओ ले भन्यो ।

जिनेभामा भर्चुअल ब्रीफिङमा डब्ल्यूएचओका महानिर्देशक (महानिर्देशक) टेड्रोस एलोम घेब्रेयससले अर्थव्यवस्थालाई सुधारउन्मूक ल्याउने सब भन्दा छिटो तरीका भनेको भाइ`रसलाई परास्त गर्नु हो भनेर बताए। यसको लागि आर्थिक गतिविधिलाई सुचारु राख्न चाहनेले खोल्न आवश्यक रहेको बताए ।

यहि हप्ता टेड्रोस जी २० देशका नेताहरुलाई भेटेदैछन् । यसले उनीहरूलाई कोभ्याक्स खोपका बारेमा विश्वभरीबाट आर्थिक र राजनीतिक समर्थन जुटाउने अवसर उनले पाउने छन् । यसपछि कोभ्याक्सको गरिब देशहरुमा सहज आपूर्तिका लागि काम हुने बताइएको छ ।

कोभिड १९ माहमारीबाट बच्चलाई शुरुमा लकडाउन गरेपनि अहिले सबै जसो देशले लकडाउन हटाइसकेका छन । लकडाउन हटाएर अधिकांश देशहरूले अब आफ्नो आर्थिक गतिविधि सुचारु गर्न थालिसकेका छन् । विशेष गरी भारत, चीन, जापान र अमेरिका जस्ता देशहरूले ठूलो अर्थमा आफ्नो आर्थिक गतिविधिलाई पुनः खोलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *