कि कुर्सी छाडिदेउ,कि तुरुन्त कुलमानलाई नियुक्ति गर,देशमा बिद्रोह छेडिने छ,यदि कुलमान नभए =गंगा सुबेदि

लेख - रचना

कुलमान लाई पुन नियुक्ति गर्छौ भन्ने आश्वासन चाहिएन मन्त्री ज्यू, हुनु पर्यो,हामीले त्यो काहालि लाग्दो रात हरु भुलेका छैनौं ,जतिबेला १८ घण्टा लोडसेडिङको चपेटामा परेका जनतालाई उज्यालो दिने घिसिङलाई अझै १० साल प्राधिकरणमा रहन जरुरत छ, देशको बिकास गरौ भनेर बन्दुक पठाएको हैन र तपाईं हरुले? यदि देशको बिकाष नै चाहाने भए कुलमान लाई प्राधिकरणमा पुन नियुक्ति गर्ने किन टाउको दुखाइ?

प्राधिकरण प्रमुख भन्दा पनि तपाईं ले आफ्नो उर्जा मन्त्रीको कुर्सी नै कुलमानलाई सुम्पिदिनुस्, सामान्य प्राधिकरणमा हुदा त यसरी जनताको मनमा कुलमान नामको जिन्दगी भरिलाइ बिर्सन नसक्ने छाप छोडे भने मन्त्री भए कति गर्थे होलान्?हिजोको दिनमा तपाईंको जीवन हेर्नु कस्तो थियो आज कस्तो भयो? हिजोका दिनमा जनताको छोराछोरीले पढ्न समेत पाएनन, त्यो ग्रहण लागेको रातलाइ चिरेर झलमल्ल बनाउने कुलमान नै जनताको लागि भगवान् हुन्,

यदि मन्त्रीको कुर्सीमा नै बस्ने र जनताको मर्म बुझ्न चाहेको हौ भने, पुर्व प्राधिकरण प्रमुख काफ्ले लाई घित्रो निस्कने गरि घिसारेर जेल कोच्नुस्,काफ्ले जस्तो अपराधी अहिले पनि खुल्लमखुल्ला घिसिङ लाई पाठ सिकाउदै हिड्छ। यहि हो तपाईं हरुले चाहेको ? कुलमान लाई १० बर्ष प्राधिकरणको जिम्मा दिउ, बिजुली बेचेर पनि जनतालाई सजिलोसँग पाल्न सक्ने हैसियत स्वर्गको टुक्रा नेपाल देश संग छ,

यदि कुलमान पुन नियुक्ति नभए देशले एउटा बिशाल बिद्रोह खेप्न पर्नेछ,जुन बिद्रोह निर्दोष मारेर व्याक्तिगत स्वार्थ पूरा गर्नेको लागि हैन,एउटा असल राष्ट्रप्रेमि नागरिक घिसिङको लागि हुनेछ , तपाई हरु ढुक्क हुनुस् , यदि बिद्रोह छेड्नु परेको खण्डमा निर्दोष जनता मर्दैनन अब, ठुटे गणतन्त्रको राजा हरुको अस्तित्व सकिने छ,कुलमान लाई छुने कोसिस मात्रै गरेउ भने, २ तिहाको ठुटे गणतन्त्र ,र छोटे राजाहरुको मुटुको ढुकढुकि समेत बाकि राख्दनौ,

हामी जनता हौ, जनताको पावर त तपाई हरुले देख्नु भएको नै हो,१० बर्ष अनुभव छ होला नि तपाई संग, मन्त्री जि,जनताको मतको कदर गर्नुस्,परिवर्तन गर्न ६०१ संसद र हजारौं कार्यकर्ता मात्रै भएर हुदैन , परिवर्तन १ व्याक्तिले पनि गर्न सक्छ, जस्तै कुलमान,रबि लामिछाने ,धुर्मुस,लगाएत अन्य,,आज सामान्य पब्लिकको अगाडि १० बर्षे जनआन्दोलनका कपोकल्पित नायक हरुको अस्तित्व धरापमा छ , भने कस्तो गणतन्त्र र कस्तो नियममा जादैछ,देश आफै बिचार गर्नुस, तर नेतृत्वले गहिरो सोचेर निर्णय गर्नुस्,, कुलमान छैनन् त सत्ता , गणतन्त्र रहनेछैन ,

केही दलाल , भ्रष्ट ब्याक्तिको कारणले देशले बिद्रोहको सामना गर्नु नपरोस् , हुनत तपाई हरुको इतिहासमा इमानदारी र सभ्य समाजको परिकल्पना त काहिँ भेटेको छैन ,तर जनताले सभ्य समाज, सुन्दर देश,र चट्टान जस्तो नेतृत्व खोजेका छन्, जनता कुलमानको लागि जस्तोसुकै मुल्य चुकाउन तयार रहेको छन्, हर जनताको मनमा, नेतृत्व प्रति घृणित आगोमा हात हाल्नु भने तपाई हरु आफै जल्नु हो,दिमागमा राखे हुन्छ,, जय देश, जय उज्यालो नायक कुलमान/

Leave a Reply

Your email address will not be published. Required fields are marked *