काठमाडौँ – गोकुलबिरुद्ध पनौतीमा पर्चा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सोमबार पनौतीमा विद्यालयको उद्घाटन गर्नुअगावै स्थानीय नेकपा कार्यकर्ताले भ्रष्ट आचरणको भण्डाफोर गरौं शीर्षकको पर्चा छ्याप्छ्याप्ती बाँडेका छन् ।
पर्चामा स्कुलजस्तो पवित्र संस्थाको शिलान्यास कस्तो हातले हुँदैछ ? भन्दै शिलान्यासको लागि विवादमा परेकाभन्दा अन्य कुनै माननीय,प्रदेश सभा सदस्य वा मेयर छानिनुपर्ने उल्लेख छ ।
पर्चामा दलाल पुँजीपति र भ्रष्टाचारीहरूलाई सामाजिर बहिष्कार गर्नसमेत अपिल गरिएको छ । बाँस्कोटा गत वर्ष मन्त्रीको कार्यकक्षमा ७० करोड रूपैयाँ कमिशन मोलमोलाईको आरोप लागेपछि सञ्चारमन्त्रीको जिम्मेवारीबाट पदमुक्त भएका थिए ।
बाँस्कोटा प्रकरणमा अख्तियार नचुकोस् भन्ने सबै को चाहाना ।।
सत्तरी करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप खेपिरहेका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भइरहेको प्रपञ्च दुर्भाग्यपूर्ण छ ।
तयारीअनुसारै ‘बाँस्कोटाले घूस लिए/खाएको प्रमाणित नहुने’ भनी अनुसन्धान अधिकृतले तयार पारेको प्रतिवेदन अख्तियारको बैठकमा पेस गरी उजुरी तामेलीमा पठाइयो भने निकट विगतको एउटा ठूलो काण्ड त्यसै फासफुस मात्रै हुने छैन, मुलुकमा आर्थिक अराजकता अझ बेलगाम बन्दै जानेछ ।
‘संकलित प्रमाणबाट आरोप प्रमाणित हुन नसक्ने’ देखाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १९(१२) अनुसार बाँस्कोटाविरुद्धको उजुरी तामेलीमा राख्ने तयारी भइरहेको बुझिएको छ । घूस मोलमोलाइ गरिरहेको अडियो नै उपलब्ध हुँदा पनि मुद्दा चलाउने गरी प्रमाण नभेटिने हुन सक्दैन ।