पर्वतमा एक हप्ता सार्वजनिक यातायात बन्द

ताजा समाचार

कुश्मा : पर्वतमा कोरोना भाइरसको संक्रमण फैलन नदिन (सोमबार) आज राती १२ बजेदेखि सार्वजनिक यातायातका सवारी साधन संचालन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा सोमबार बिहान बसेको सर्वपक्षीय, सबैदलीय बैठकले सोमबार राती १२

बजेदेखि लागू हुनेगरी एक सातासम्म सार्वजनिक यातायातका साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै छिमेकी जिल्लाबाट खाद्यान्न र अत्यावश्यक सामग्री लिएर आउने गाडिमा सवारी चालक र सहचालक गरी दुईजना मात्र जिल्ला भित्रन अनुमती दिइने भएको छ । अन्य यात्रुलाई भने प्रवेश निषेध गर्ने निर्णय भएको छ ।बैठकले जिल्लाका ग्रामीण क्षेत्रमा पनि खाद्यान्न र अन्य तरकारी फलफूल बोकेका गाडिबाहेक यात्रुबहाक बस र जीपलाई पनि एक साता बन्द गर्ने निर्णय भएको सीसीएमसी पर्वतले जनाएको छ । सीसीएमसीका अनुसार जिल्लामा संचालित सहकारी संस्थाहरुले आन्तरिक कारोबार गरेपनि घर दैलोमा पुगेर बचत संकलन गर्ने कार्य समेत रोक्नका लागि कुश्मा नगरपालिकालाई अनुरोध गरिने भएको छ ।

कुश्माबजारमा मात्र झण्डै एक सयको हाराहारीमासहकारी संस्थाहरु रहेका छन् ।बैठकले छिमेकी जिल्लामा कोरोना समुदायस्तरमा फैलिएको कारण जिल्लालाई सुरक्षित गर्न यस्ता निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । यसैगरी विदेशवाट आउनेहरुलाई पुरानै पद्धती अनुसार पुलिङ क्वारेन्टाइनमा र छिमेकी जिल्लावाट आउनेहरुलाई सम्वन्धित पालिकाको क्वारेन्टाइनमा अनिवार्य ७ दिन राख्ने निर्णय समेत बैठकले गरेको छ ।

यस अघिदेखिनै संक्रमण समुदायस्तरमा जान नदिनका लागि नाकामा चेक जाँचमा कडाइ गर्दै अत्यावश्यक काममा बाहेक जिल्ला भित्रन र बाहिरीन कडाइ गरिएको थियो । त्यही मौकालाई छोपेर पर्वतमा दाङ्गबाट आइपुगेका ४५ जना मजदुरलाई फिर्ता पठाइएका थियो ।

पर्वतमा हालसम्म १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ३ जना निको भएर फर्किसकेका छन् भने पाँचजना अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *