जनता भोक–भोकै मर्दै मन्त्री होटल उद्धघाटनमा व्यस्त, भन्छन भुत सलबलाएर पार्टीमा बिबाद आयो

कोभिढ–१९ को संक्रमण महामारीले जनत उपचार नपाएर दिनानुदिन मरिरहेका छन भने पार्टीको आन्तरीक बिबाद पनि उग्र भईरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई एक होटल उद्धघाटन गर्न पुेगेको छन् । होटल उद्धघाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताएका छन्।

झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको आज उद्घाटन उनले भने , ‘भूतप्रेतहरुले पोखरा र झापातिर कतै जुलुस निकालेको र कतै निकाल्न लागेको सुनिएको छ, नेकपामा तलमाथि भयो भने परिवर्तन र संविधान नचाहने शक्तिहरु हौसिन्छन् भन्ने यो उदाहरण हो।’

मन्त्री भट्टराईले नेकपामा देखिएको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा पार्टी अघि बढ्ने बताउँदै पार्टीको सचिवालय बैठकले समस्या निकास दिन नसके स्थायी कमिटीको बैठकले सचिवालयका सबै प्रतिवेदनहरु खारेज गरेर नयाँ निर्णय लिने बताएका छन्।

उनले भने , ‘स्थायी कमिटी निर्णय गर्न र समस्याको हल निकाल्न सक्षम छ, त्यो निर्णय कसैले नसोचेको पनि हुनसक्छ।’

नेकपा अहिलेको अप्ठ्यारो परिस्थितिबाट विभाजनलाई क्रमभङ्ग गर्दै अघि बढ्ने उल्लेख गर्दै उनले मुलुकमा विदेशी शक्ति, चरम दक्षिणपन्थी र चरम वामपन्थीको चलखेललाई विफल तुल्याइने दाबी गरे।

आगामी वर्ष आन्तरिक पर्यटन वर्ष हुने

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिए। उनले कोभिड–१९ को चपेटाबाट जुध्दै मुलुकको समृद्धिमा टेवा पु¥याउन आन्तरिक पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताए।

मन्त्री भट्टराईले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएर छुट्टीको अवधिलाई आन्तरिक पर्यटन अभिवृद्धिमा लगाउन आफूले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको उल्लेख गर्दै कोरोना महामारीको सङ्कटबाट गुज्रिएको नेपाली पर्यटन क्षेत्र अब अगाडि बढ्न थालिसकेको बताए।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *