एचआईभी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं, १६ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले एचआईभी स`ङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हा`सिल गरेको बताउनुभएको छ ।

तेतीसौँ विश्व एड्स दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोभिड–१९ भएजस्तै सन् १९९० को दशकमा महामा`रीको रुपमा देखिएको एचआईभी स`ङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हा`सिल गरेको बताउनुभएको हो ।

उहाँका अनुसार नेपालले नयाँ स`ङ्क्रमण दर सन् २०१० देखि २०१९ सम्म ६४ प्रतिशतले घटा`एको छ । सोही समयमा विश्वमा यसको दर २३ प्रतिशतले घ`टेको छ । यस्तै नेपालमा एड्सको का,रणले हुने मृ`त्युदर पनि ८५ प्रतिशत र विश्वमा ३९ प्रतिशतले घटेको छ ।

उहाँले कोभिड–१९ ले एचआइभी स`ङ्क्रमित र एचआईभी सर्न सक्ने जो`खिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँ`चमा अझ अप्ठ्यारो र चु`नौतीसमेत भएको बताउनुभयो ।

सरकार विभिन्न साझेदार संस्था र नागरिक समाज सबैको सक्रियतामा कोभिड–१९ को विषम परिस्थितिमा पनि एचआइभी सङ्क्र`मितलाई एआरभी औषधि उचित र निर`न्तर वितरण गरिएको बताउनुभयो ।

सन्देशमा उहाँले सरकारको राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६–२०२१ अनुसार ९० प्रतिशत एचआईभी स`ङ्क्रमितले आफ्नो सङ्क्र`मण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतमा औषधि उपचारको पहुँच हुने र औषधि खानेमध्ये ९० प्रतिशतको शरीरमा भाइ`रसको भार न्यून भएको हुने लक्ष्य प्राप्तिका लागि एचआईभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिइएको बताउनुभयो ।

दीगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा एड्सको महामा`री अन्त्य गर्ने प्रतिबद्धताका साथ योज`नाबद्ध रुपमा काम भइरहेकोसमेत उहाँले जानकारी दिनुभयो । सरकारले स`ङ्क्रमितलगायत उनीहरुको परिवारका सदस्यलाई निःशूल्क स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गरेको छ ।

उहाँले दिवसको अवसरमा सबैलाई एचआइभीवि`रुद्धको अभियानमा ऐक्यब`द्धता एवं प्रतिब`द्धता जनाउनसमेत आह्वान गर्नुभयो । उहाँले एचआईभी क्षेत्रमा कार्यरत रहेका सरकारी, गैरसरकारी सङ्घसंस्थालाई राष्ट्रिय रणनीतिअनुसार उद्देश्य प्राप्तिका लागि थप क्रियाशील हुनसमेत आग्रह गर्नुभयो ।

मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले सम्पूर्ण साधन, स्रोत र क्षमताको प्रयोग गर्नुपर्ने वर्तमान परिस्थितिमा रहेको भन्दै महामा`रीको बेलामा सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित नहुने बताउनुभयो ।

आज विश्वभरि ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यब`द्धता तथा साझा जिम्मेवारी’ भन्ने नाराका साथ विश्व एड्स दिवस मनाइएको छ । न्युज२४ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *