हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाति पुस्ता जन्मिसकेको छ:डा.बाबुराम भट्टराई

काठमाडौ ।जनता समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाति पुस्ता जन्मिसकेको बताएका छन् ।

पछिल्ला दिन देशको विभिन्न भागमा एउटै शैलीमा गरिएका राजावादी हरुको प्रदर्शनको कडा आलोचना गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।सोमबार सामाजिक संजाल ट्विटर मार्फत अध्यक्ष भट्टराईले यी प्रदर्शन लाई ०१७ सालको योगि नरहरिनाथहरुको भद्दा नक्कल संज्ञा दिनुभएको छ।

उहाँले लेख्नुभएको छ,`यौटै शैलीमा देशका प्रमुख शहर र काठमाडौमा गरिएका राजाबादीहरुको हर्कतले ०१७ सालका नरहरिनाथहरुको भद्दा नक्कल गरेको प्रष्टै छ।तर यो एक्काइसौ शताब्दी हो,ससार्बभौम बनेको जनता फेरि दासतामा फर्किने छैनन् ।हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्र रक्षा गर्न नाति पुस्ता जन्मिसकेको छ है!´

Leave a Reply

Your email address will not be published. Required fields are marked *