अब के गर्लान् ओली ?: यस्ता छन् वि`कल्प

तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा ज`टिल समय हो । आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराब,न्दीमा परेका ओलीको पक्षमा यो समय छैन ।

ओलीले अध्यक्षबाट राजी,नामा दिए भने नेपाल अध्यक्ष बन्ने र प्रधानमन्त्री छाडे भने दाहाल प्रधानमन्त्री बन्ने समझदारी यो समूहले पहिले नै गरिसकेको छ । यो परिस्थिति आउँदा प्रधानमन्त्री ओलीले सरकारलाई आफ्नो पहिलो रोजाइमा राख्नेछन् ।

उनले महाधिवेशनपछि पार्टी नेतृ,त्व हस्ता,न्तरण गर्छु भनिसकेका छन् । त्यसैले यो दोस्रो विक,ल्पमा जानुपर्ने अवस्था आउँदा ओलीले अध्यक्ष छाडेर सरकार चलाउनेछन् । तर वरिष्ठ नेता नेपालसँग सह,मति नगरेसम्म ओलीले यो बाटो समा,त्दैनन् ।

दाहाल या नेपालमध्ये एक जनासँग स,म्झौता गर्ने दुवै वि,कल्पमा ओली सफल हुन सकेनन् भने उनले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एउटा पद अर्को पक्षलाई खुरुक्कै बुझाउने सम्भा,वना कति रहला रु ओली निक`टस्थहरूका अनुसार त्यो सम्भावना एकदमै न्यून छ । बरु दल विभा,जनसम्बन्धी अध्यादेश ल्याउने र कांग्रेसको समर्थनमा एक वर्ष सरकार चलाउने अर्को एक वर्ष सरकारको ने,तृत्व गर्न कांग्रेसलाई दिने गरी स,म्झौता गर्ने प्रस्ताव ओलीले अघि सा,र्न सक्छन् ।

दाहाल र नेपालले छाड्नु भनेकै आधारमा ने,तृत्व छाडेर निरीह बन्नुभन्दा कांग्रेसको सम,र्थन खोज्ने र जनता समाजवादी पार्टीको एउटा पंक्तिलाई सरकारमा सामेल गराउने भित्री तयारीसमेत छ ।

अध्यादेश ल्याउनै पर्ने स्थिति आउँदा प्रधानमन्त्री ओलीको भने हिसाबकिताब स्पष्टै छ । ओलीपक्षीय नेताहरूको हिसाबमा ७८ जना सांसदले उनलाई ढुक्कै साथ दिन्छन्, कांग्रेसका ६२ जना सांसद पनि जोडिएपछि बहुमतको सरकार सजिलै बन्छ । तर असाध्यै ‘अभर’ पर्यो भने मात्रै ओलीले यो बाटो रोज्ने आक,लन दाहाल–नेपालपक्षीय नेताहरूको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *