काठमाडौँ- चरित्र र आर्थिक मामिलामा अत्यन्तै उदाहरणीय मानिनु भएका नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नै अर्काको घर बिगारि दिने र पैसा हडप्ने काममा संल`ग्न मात्र नभई बिचौलियाको काम समेत गर्नुभएका नारायणकाजी श्रेष्ठको बचाउमा लाग्न उर्दी दिनुभएको सूचना तल्लो तहसम्म पुगेको छ। ‘”माधव कमरेडले नारायणकाजीले जे सुकै ग`ल्ती गरेको हुन पछि हिसाव गरौंला अहिले उनलाई बचाउन लाग्नोस, आवश्यक परे सडकमैपनि नारायणकाजीलाई फसाउन खोजियो भनेर जानुपर्छ, त्यो काम गर्नाेस भन्नुभएको छ, सामाजिक सञ्जालमा नारायणकाजी श्रेष्ठको बचाउन लागेका माधव नेपाल निकट जनसंगठनका एक नेताले भने।
उनका अनुसार शुक्रवारबाटै नेता नेपालको निर्देशन भन्दै शुक्रवार बिहानैबाट नारायणकाजीको बचाउमा झण्डै एक हजार नेपाल निकट कार्यकर्ता लागेका छन । नेपालको निर्देशन आएको भन्दै केही नेताहरुले सामाजिक सञ्जालमा श्रेष्ठको पक्षमा बचाउका लागि अभियान नै चलाएका छन । नेपालले नारायणकाजी बचाउनु पर्ने उर्दी जारी गरेपछि नै उहाँ निकट केन्द्रीय सदस्य तथा जनसंगठनका नेताहरु यतिबेला ओली पक्षधरले फसाउन लागे, सचिवालयबाट हटाउने योजना बनाए, प्रति`वादमा उत्रन पर्यो भन्दै आफ्नो समुहमा म्यासेज गरिरहेका छन।
बरिष्ठ नेता नेपाल नारायणकाजीको बचाउमा लागेको प्रमाण उहाँको निर्देशनबिना कुनै काम नगर्ने केन्द्रीय सदस्य बिष्णु रिजाल नै सवैभन्दा पहिला श्रेष्ठको बचाउमा उत्रिएपछि नै पुष्टि हुन्छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पातालमा धसाउनु पर्छ भन्दै माधव नेपालको अभियान छेडदै आउनु भएका र नेपाल प्रमुख रहनुभएका बिदेश बिभागका उपप्रमुख समेत रहनु भएका केन्द्रीय सदस्य रिजाल शुक्रवार बिहानै श्रेष्ठको प्रवक्ता बनेर मैदानमा उत्रनुभएको थियो।
बिहीवार कमानसिंहप्रति श्रद्धा,ञ्जली लेख्नुभएका रिजालले शुक्रवार लेख्नुभएको छ, ‘नारायणकाजी श्रेष्ठसँग जे कुरामा रि,स उ,ठेको छ, त्यसैमा आलो,चना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गा,ली गलौ,ज गर्ने चल,न चलेकै छ । तर सार्वजनिक अडिओ भिडिओ अनुसार उहॉले आफू निक’ट दुई कार्यकर्ता कमानसिंह र सुशन बीचको शेयर वि,वाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अप,राध नभएर अभिभावकीय जिम्मेवारी हो। यसमा आप,त्ति गर्नुपर्ने केही कारण छैन।