मुखर्जीको निधन,प्रचण्ड भन्छन् ,नेपालले आत्मिय मित्र गुमायो

ताजा समाचार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनमा दुख व्यक्त गरेका छन् ।उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मुखर्जीको निधन भएको समाचारले स्तब्ध तुल्याएको बताएका छन् ।

उनले लेखेका छन् – हार्दिक श्रद्धाञ्जली ! विश्वव्यापी प्राणघातक रोगका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको दुखद् निधन भएको समाचारले स्तब्ध तुल्याएको छ। उहाँको दुखद निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता एवं नेपालले एक आत्मिय मित्र गुमाएको छ।

मैले प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिको रुपमा नेपालमा स्वागत गर्न पाएको अबसरको स्मरण गर्दै यस दुखद् क्षणमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त भारत सरकार र सम्पूर्ण भारतीय नागरिकमा गहिरो समवेदना प्रकट गर्दछु।८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको आज निधन भएको हो ।स्रोत खबरहव

Leave a Reply

Your email address will not be published. Required fields are marked *