काठमाडौंमा कर्फ्यु लगाउन जनप्रतिनिधिको सुझाव ,

ताजा समाचार

काठमाडौ । काठमाडौ उपत्यकामा लामो समय देखि निषेधाज्ञा छ । तर पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । सर्वसाधारणले लापरवाही गरेका कारण संक्रमितको संख्या नघटेको भन्दै काठमाडौँ उपत्यकाका जनप्रतिनिधिले कर्फ्र्यु लगाउत मा गरेका छन् ।

निषेधाज्ञाको समय सकिनै लाग्दा त्यसवारे थप निर्णय लिन अहिले काठमाडौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको बैठक अहिले बसिरहेको छ । बैठकमा निषेधाज्ञावारे निर्णय लिने र गृहमन्त्रालयसंग समन्वय गर्ने सम्बन्धमा कुराकानी भइरहेको छ । यसवारेमा भोली निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

सिडिओको बैठक बस्नु अघि जनप्रतिनिधि, व्यवसायी र स्वास्थ्य विज्ञहरुसंग पनि सुझाव लिएको दाहालले बताएका छन् । सबैसंगको सुझाव लिएर अब आफुहरु गृहमन्त्रालयमा जाने जानकारी दिएका छन् । ब्यवसायीहरुले निषेधाज्ञा कोरोना नियन्त्रणको विकल्प नभएको भन्दै ब्यवसाय सञ्चालन गर्ने वातावरण गराउने माग गरेको बताएका छन् । तर जनप्रतिनिधिहरुले भने कोरोना नियन्त्रणका लागि अब उपत्यकामा कर्फ्र्यु लगाउनुपर्ने सुझाव दिएका छन् । निषेधाज्ञा थपेर मात्र कोरोना नियन्त्रण नभएको भन्दै जनप्रतिनिधिहरुले कर्फ्र्यु लगाउन सुझाव दिएको

मध्यपुर ठिमीका मेयर मदन सुन्दर श्रेष्ठले बताएका छन् । सर्वसाधारणले लापरवाही गरेका कारण कोरोना फैलिएको निष्कर्ष निकाल्दै जनप्रतिनिधिले कर्फ्र्यु लगाउनुपर्ने सुझाव दिएको श्रेष्ठले बताएका छन् । सर्वसाधारणले हिडडुल गर्न नछाडेका कारण कोरोनाको जोखिम बढेकाले कर्फ्र्यु लगाउनुपर्ने सुझाव जनप्रतिनिधिले दिएको बताएका छन् ।

निशेधाज्ञा जारी भइरहदे पनि राजधानिमा संक्रमितको संख्या झन्झन् बढ्दै गएको छ। सोमबार मात्रै काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई समेत कोरोना पुष्टि भएको छ । पछिल्लो पटक थपिएको एक साता लामो निषेधाज्ञाको समय बुधबार राति १२ बजेबाट सकिँदैछ।sourcetajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *