उपत्यकाबासीलाई जोगाउन अहोरात्र खटिरहेको अवस्थामा मलाई संक्रमण भयो: मेयर शाक्य

ताजा समाचार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा फर्किने बताएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले जनताको निरन्तरको साथ, सहयोग र समर्थनले आफूलाई थप ऊर्जा प्राप्त भएको बताएका छन्।

उनले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै काठमाडौं उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको बताएका छन्।शाक्यले जारी गरेको विज्ञप्तिमा भदौ १४ गते आइतबार आफ्नी धर्मपत्नीलाई एक सय डिग्री भन्दा बढी ज्वरो देखिएको र दुवै जना ग्रान्डी अस्पताल पुगेर परिक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको पनि उल्लेख गरेका छन्।

चिकित्सकको सल्लाह अनुसार नै हामी दुबैले पिसिआर परीक्षणका लागि स्वाब दिएका थियौँ। धर्मपत्नीको परीक्षणसँगै दुबैको स्वाब दिएपछि हामी स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होम आइसोलेसनमा बसेका थियौं,’ उनले भनेका छन्, ‘सोमबार अस्पतालबाट मेरो पोजेटिभ रिपोर्ट आएको खबर प्राप्त भयो। धर्मपत्नीको भने नगेटिभ देखिएको रहेछ।’

उनले कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण देखिएको जानकारी गराएका छन्।मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित बसिरेहको जानकारी गराउन चाहन्छु,’ विज्ञप्तिमा शाक्यले भनेका छन्, ‘जनताको कामलाई सर्वोपरि ठानी निरन्तर समर्पित हुने सिलसिलामै म संक्रमित भएको छु। होम आइसोलेसनमा रहे पनि काठमाडौं महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’

आफूलाई संक्रमण पुष्टि भएको एक हप्ता अघिसम्म प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई सचेत रहन र आवश्यकता अनुसार पिसिआर परीक्षण गराउन समेत उनले अनुरोध गरेका छन्।स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न समेत उनले आग्रह गरेका छन्।source.setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *