दुःखद खबर; पैसा ल्याउने आस थियो, ला’स आयो,,,हेर्नुस् ।

दु:खद

१९ जनाको थाप्लोमा तीनवटा बैंकको २५ लाख ऋ’ण
मलंगवा : ६४ वर्षीय उखु किसान नारायण राय यादवको आन्दोलनकै क्रममा मृत्यु भएपछि परिवारका सदस्य बिचल्लीमा परेका छन्। सर्लाहीको धनकौल गाउँपालिका–७ का यादवको परिवारमा १९ जना छन्। तीन बैंकको २५ लाखभन्दा बढी ऋ’ण रहेको यादवका जेठा छोरा सीयाराम रायले बताए

‘ऋण भए पनि बुवा हुँदा हामीलाई कुनै चिजको चिन्ता थिएन। बुवाले नै घरव्यवहार चलाउनुहुन्थ्यो। अब हामी अभिभावकविहीन बनेका छौं’, सीयारामले भने।
सीयारामका अनुसार उनका बुवा नारायणले खेती गर्न र ट्र्याक्टर किन्न तीन वटा बैंकसँग ऋ’ण लिएका हुन्। ‘सर्लाही सदरमुकाम मलंगवाका द–सहाराबाट १४ लाख, सहारा विकासबाट ५ लाख र गाउँकै सवलम्बन सहकारीबाट ६ लाख ऋण लिनुभएको थियो’, उनले भने, ‘द–सहाराबाट बुवाको नाममा ७ र मेरो नाममा ७ लाख ऋ’ण छ। गाउँको सहकारीबाट बुवाले मेरो र कान्छो भाइ जियालालको नामबाट ३/३ ऋण निकाल्नुभएको थियो।’

बुवा नै बितेपछि कसरी ऋ’ण तिर्ने भन्ने चिन्ता थपिएको उनले सुनाए। सहारा विकासको ऋ’ण बुवाकै नाउँमा रहेको उनको भनाइ छ।
उनका अनुसार धनकौलस्थित अन्नपूर्ण सुगर मिलबाट उखुको बक्यौता २४ लाख रुपैयाँ उठाउन बाँकी छ। उद्योगले पैसा दिए ऋण तिर्न सकिन्थ्यो। ‘०७३/७४ को २ लाख र ०७४/७५ को २२ लाख बाँकी छ। उखु दियौं तर उद्योगीले पैसा सट्टा बुवाको ज्यान लिए’, उनले भने, ‘उद्योगीले समयमा पैसा दिएको भए हामी टुहुरा हुँदैनथ्यौं। उद्योगीका कारण हाम्रो परिवार अहिले बर्बाद भएको छ।’

यो परिवारले खेत बेचेर भए पनि ऋण तिर्नुपर्ने अवस्था छ। दिनानुदिन बैंकको ब्याज बढ्दो छ। जसरी भए पनि ऋण तिर्न पाए हुन्थ्यो भन्ने छ । तर, पैसा नै नभएपछि कसरी तिर्नु ? ‘खेत पनि बागमती नदीको बगरमा छन्’, सीयारामले भावुक हुँदै भने, ‘कुनै वर्ष उब्जनी हुन्छ, कुनै वर्ष बाढीले सखाप बनाउँछ।’ खेतको भाउ पनि त्यति राम्रो छैन। सस्तोमा बेच्नुपर्ने बाध्यता छ। सबै खेत बेच्दा पनि ऋण तिर्न सकिँदैन।’

घरमा तीन दाजुभाइ छन्। आर्थिक अवस्था कमजोर भएका कारण पढाइलेखाइ गर्न नसकेको उनको भनाइ छ। ‘सबै जना कृषिमै लागेका छौं। १९ जनाको परिवार छ। जसोतसो परिवार पाल्नुपरेको छ’, उनले भने।

नारायण गाउँका किसानसहित आन्दोलन गर्न मंसिर २८ गते काठमाडौं गएका थिए। ‘यसपालि पैसा लिएरै घर आउँछु भनेर बुवा जानुभएको थियो। तर, न पैसा लिएर आउनुभयो न खाली हात’, उनले भने, ‘पैसाको साटो कात्रोमा बेरिएर मृत शरीर घरमा आइपुग्यो।’

सरकारसँग सहमति भएपछि पैसा पाउने आशा पलाएको थियो। ‘बुवाको नाममा १ लाख ६५ हजार र मेरो नाममा २६ हजार रकम खातामा आएको थियो। बुवाले केही पैसा गएको छ, हेर्नू भनेर फोन गरेर भन्नुभएको थियो। बाँकी पैसा ७ दिनमा दिएपछि पैसा लिएरै घर आउँछु भनेर फोन गर्नुभएको थियो’, उनले भने, ‘तर, गत मंगलबार बिहान अचानक फोन आयो। बुवाले नै गर्नुभएको थियो। फोनमा बुवाले शौच गर्न शौचालय गएका बेला बेहोस भएर लडेको घटना सुनाउनुभयो। घरबाट उपचार गराउनका लागि आऊ पनि भन्नुभयो। घरबाट जादाँ समय लाग्छ भनी मैले सँगै गएको गाउँका एक जना किसानलाई फोन गरी बुवालाई उपचार गराउन अस्पताल लैजानू म आउँदै छु भनें। तर, केही बेरमा फेरि फोन आउँदा बुवाको मृत्यु भएको खबर सुन्नुपर्‍यो।’

उनले बुवाको मृत्युको खबर सुनेपछि पाँच जना लिएर काठमाडौं गएको सुनाए। ‘बुधबार बिहान २ बजे मृत शरीर ल्याएर घरछेउमा बुवाले नै जग्गा दान दिएर बनाउनुभएको कृष्ण प्रणामी मन्दिरछेउमा समाधि दिएका छौं’, उनले भने। अग्निमा प्रवाह नगरी खाल्डो खनेर चारैतिरबाट इँटाको बार जोडी समाधि दिएको उनले सुनाए।

उनले बुवाको मृत्युको खबरले आमा सोनावती देवी अचेत रहेको सुनाए। सोनावतीको उपचार घरमै भइरहेको छ। ‘आमालाई अहिले स्लाइन चढाएर राखेका छौं। छिनछिनमा मुर्छा पर्नुहुन्छ’, उनले भने।

उनले बुवाको मृत्युपछि कृषि मन्त्रालयले २५ हजार सहयोग गरेको बताए। अरु कतैबाट सहयोग नआएको उनको गुनासो छ। स्थानीय मनोज यादवले आफूले उब्जाएको अन्नबालीको पैसा लिन ज्यानै दिनुपर्ने यो कस्तो जमाना आएको भन्दै गुनासो गरे। किसानको ‘ह’त्या’ गर्ने उद्योगीलाई राज्यले कारबाही गर्नुपर्ने माग मनोजको छ। नारायणलाई कृषक शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र परिवारको एक जनालाई रोजगार दिनुपर्ने माग आफूहरूको रहेको मनोजले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *