दु:खद खबर, जीप दुर्घ`टना : एकको मृ`त्यु, सात घा`इते,,,हेर्नुस् ।

ताजा समाचार

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घ`टना हुँदा एक जनाको मृ`त्यु भएको छ । दुर्घ`टनामा सात जना घा`इते भएका छन् ।

बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घ`टना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

दुर्घ`टनामा घा`इते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले बताए ।

कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घ`टनामा परेको प्रहरीले जनाएको छ । घा`इते सातै जनालाई उ`द्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ । दुर्घ`टनाको कारण भने खुल्न सकेको छैन । स्रोत रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *