धुर्मुस सुन्तलीले बनाएको नमूना बस्तीमा एकै परिवारका ३ जनाको मृ`त्यु,,,हेर्नुस् ।

ताजा समाचार

२३ पुस, महोत्तरी । हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृ`त्यु भएको छ । बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृ`त्यु भएको हो ।

पत्रकारको एक समूह आज मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो ब`ज्रपात भएको खुलासा भएको हो । ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुराका अ`भावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक र`क्तश्रा`व भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो । उनले र`क्तश्रा`वकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृ`त्यु भएको थियो । साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृ`त्यु भएको थियो ।

एकैसाथ बुहारी र नातिनीको मृ`त्युपछि रामरतिका घरमा शो`क छाएको थियो । सामाजिक, धार्मिक परम्परानुसार उनको क्रि`याकर्म गर्दै गर्दा गत मङ्गलबार १३ औंँ दिनका पुण्यतिथिमा अचानक उनका अर्का आठ महिने नाति (हरिनारायण सदाका माहिला छोरा) आठमहिने प्र`भासको पनि मृ`त्यु भएको रामरतिले सञ्चारकर्मीलाई जानकारी दिए ।

गरीबी र विपन्नताका जाँतोमा पुस्तौँपुस्ता पिल्सिँदै आएकी रामरतिको परिवारलाई बन्दाबन्दीले झन् विपन्न बनाएका बेला यसपालिको चिसोले २० दिनकै अन्तरालमा परिवारका तीन सदस्य बितेका हुन् । सो बस्तीमा ३५० परिवार द`लित मुसहर रहेकामा हाल १८ सुत्केरी र १० गर्भवती छन् । रातोपाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *