गेल्जेन दोर्जीसहित ११ जनाको रक्षाका लागि आङकाजीले नेतृत्व लिँदै

ताजा समाचार

आदिवासी नेता आङकाजी शेर्पाले नेपालको झण्डा ज’लाएको अभियो’गमा प’क्राउ परेका गेल्जेन दोर्जीसहित ११ जनालाई शुक्रबार भेटेका छन् ।नेपालको झण्डा जलाउँदै बाहुन-क्षेत्री समुदायमाथि प्र’हार गरिएको भिडियो गीत सार्वजनिक गरेको आरो’पमा पक्रा’उ परेका दोर्जीसहितका ११ जनालाई प्रह’रीले काठमाडौंको सोह्रखुट्टेमा राखेको छ.

जनता समाजवादी पार्टीका नेता समेत रहेका शेर्पाले शुक्रबार साँझ सोह्रखुट्टे पुगेर उनीहरुको अ’वस्था बुझेका हुन् ।
यो कुरा उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।उनले दोर्जी बेखर्ची भएकोले आफूले ५ हजार रुपैयाँ सहयोग दिएको र फेरि सहयाेग संकलन गरी सहयोग गर्ने बाचा गरेको बताए ।दोर्जीसहितका प’क्राउ परेकाहरुलाई का’नुनी प्रति’रक्षाका लागि आ’दिवासीहरुको वकिलको समूह लाहुर्निपका शंकर लिम्बू, आदि’वासी अधिवक्ता दीपक राई र नेपाल आदि’वासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालसँग फोनमा कुराकानी भइरहेको शेर्पाले जनाएका छन्.

उनले हेटौडामा रहेकी दोर्जीकी बहिनी र मंगाेलन नेशनल अर्गनाइजेसनका साथीहरुसँग समेत आफ्नाे कुराकानी भइरहेको खुलाएका छन् ।दोर्जे ने’तृत्वको टिमले नेपालको झण्डा जला’इदिएपछि हाल झण्डामाथि ब’हस चलिरहेको छ ।दोर्जेले नेपालको झण्डा जलाउँदा उनलाई प’क्राउ गर्ने राज्यले केकको नेपालको नक्सा बनाएर खाने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चाहि किन कार’बाही नहुने ? भन्दै सामाजिक सञ्जालमा आलो’चना गरिएको छ ।दोर्जे र प्र’धानमन्त्री ओली दुवैमाथि कार’बाही गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *