“मेरो परिवारले गरेको संघर्ष नदेख्ने, पद पाएको मात्र देख्ने”

ताजा खबर

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कम्युनिष्ट पार्टी र आन्दाेलनकाे हितका लागि पटकपटक पद त्याग गरेकाे व्यक्ति भएकाे बताउनुभएकाे छ ।

आइतबार जनता टेलिभिजनसँगको कुराकानीमा नेकपा अध्यक्ष प्रचण्डले सुरुवातमा ओली र आफूबीच सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी बनेको भएपनि पछि आफूले नै त्यसो गर्दा सरकार अस्थिर भएको विश्लेषण हुने भएकाले ओलीले नै ५ वर्ष नेतृत्व गर्ने गरी सहमति गरिएको बताउनुभयो ।

करिब साढे एक वर्षपछि जनता टेलिभिजनसँगको संवादमा अध्यक्ष प्रचण्डले आफू पार्टी एकताका लागि जस्ताेसुकै त्याग गर्दै आएको बताउनुभएको छ । पार्टीमा पछिल्लो समय उत्पन्न विवाद समाधानमा आफ्नो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँदै प्रचण्डले अन्तर् वार्तामा भन्नुभएको छ, ‘फुटको संघारमा पुगेको पार्टीलाई जोगाएर फेरि विधिमा प्रवेश गराउन अध्यक्ष ओली, वरिष्ठ नेताहरु र सचिवालयका सबै नेताहरुको उल्लेखनीय भूमिका छ ।’

जनताको अपार समर्थन पाएको नेकपाले सत्ताको नेतृत्वमा आएपछि नेकपाका नेताहरु पद, प्रतिष्ठा, परिवार र विभिन्न खाले विचौलियाहरुसँग जोडिन पुगेको भनिनछ नि ? भन्ने प्रश्नको जवाफ दिनुहुँदै प्रचण्डले भन्नुभयो, ‘यो निकै महत्वपूर्ण प्रश्न हो, पार्टीमा यस्ता खाले केही समस्या देखिएका छन् तर मलाई भने मेरो परिवारको संघर्षका बेलाको त्याग र समर्पण र त्यही कारण परिवारका सदस्यहरु गुमाएकोमा कसैले सद्भाव नराखेपनि परिवारवादको आरोप लगाउँदा मन दुख्ने गरेको छ ।’

यु-द्धकालमा छोरा प्रकाश दाहालले रुकुम रोल्पालगायतका ल-डाइँमा बन्दु-क भिरेर हिंडेको र छोरी रेणु दाहालले भारतका विभिन्न ठाउँमा महिला संगठन विस्तार गरेको उहाँको भनाइ छ । जनयु-द्धकै असरका कारण एक छोरी गुमाउनु परेको, छोराको मृ-त्यु भएको र परिवारमा अहिले पनि तनाव जारी रहेको भन्दै प्रचण्डले यस्ता आरोपले आफूलाई अचम्मित बनाउने गरेकाे बताउनुभयो ।

पछिल्लो समय किसानलाई रासायनिक मलको अभाव भएको सन्दर्भमा आफ्ना घरभेटीसँग जोडेर विरोध भइरहेको बारे अध्यक्ष प्रचण्डले आफू जहाँ बसेपनि यसरी विरोध हुने गरेको र अहिले बसेको घर पनि छोड्न लागेको बताउनुभयो । पुराना – पुराना ठेक्कासँग जोडेर आफ्नो नाम अनावश्यक मुछ्ने गरिएको उहाँको भनाइ छ ।source leader post

Leave a Reply

Your email address will not be published. Required fields are marked *