बानेश्वरमा ध’म्की सहित स्थानीयले गरे डाक्टर–नर्स बसेको घर घे’राउ,,,हेर्नुहोस्।

ताजा समाचार

राजधानीको बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर,नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घे’राउ गरेका छन् । शनिवार बिहान उनीहरुले होस्टेल सञ्चालकलाई गा’ली ग’लौजसहित स्वास्थ्यकर्मीलाई नराख्न ध’म्क्याएका हुन् ।सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई उनीहरुले ध’क्याउँदै पचास साठी जनाको टोलीले घर घे’राउ गरेको रानाले रातोपाटीलाई जानकारी दिए ।

बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले कोरोनाकाे महामारीकाे समयमा अनुमति बिना किन स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भनेर उनीहरुले ध’म्की दिएको रानाको भनाइ छ ।उनले भने,बिहानै आएर उनीहरुले हुलदंगा गर्न खोजे,घर घे’राउ गरेर धम्की पनि दिए । स्वास्थ्यकर्मीमा होस्टलमा राखेको कारण मलाई दु’र्व्यवहार गरे ।बानेश्वरमा २ वटा होस्टेल सञ्चालन गरेका रानाले खाली भएको एउटा होस्टलमा भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मीलाई राखेका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा राख्नका लागि अस्पतालले उनीसँग आन्तरिक सहमति गरेको थियो ।

सोही अनुसार ४ गतेदेखि ४ जना स्वास्थ्यकर्मी होस्टलमा बस्न थालेका थिए । उनले होस्टलमा बस्न दिएका स्वास्थ्यकर्मीहरु स्वस्थ रहेको र कार्यालयको काम सकेपछि आएर बस्ने उनले सुनाए । रानाले बिहानको घटनापछि आफू निकै नै मानसिक त’नावमा रहेको बताएका छन् ।स्वास्थ्यकर्मीबाट कोरोना सर्न सक्ने भन्दै विभिन्न ठाउँमा दु’र्व्यवहारको घ’टना हुँदै आएको छ । सरकारले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई दु’र्व्यवहार नगर्न आग्रह गर्दै आएको छ भने यदि कसैले दु’र्व्यवहार गरेको पाइए कानुन अनुसार का’रबाही हुने स्प’ष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *